नेपाली चलचित्रकी निर्मात्री एबम नायिका पुजा शर्माले आफ्नो प्रेमीको नाम र फोटो सार्वजनिक गरेकी छिन्।
कहिले पल शाह त कहिले अकाश श्रेष्ठसँग नाम जोडिदै आएकी नायिका पूजाले सामाजिक संजाल फेशबुकमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।
फेशबुकमा आफ्नो प्रेमी युद्ध बानियान्संगैको तस्बीर राख्दै भनेकी छन् – ‘यू आर द वान लभ’
पूजा र युद्धको प्रेम सम्बन्धबारे एक वर्षदेखि चर्चा चलेपनि औपचारिक रुपमा भने बाहिर आएको थिएन । यद्यपि पूजाले पछिल्लो समय घरमा बिहेको कुरा चल्दै आएको भन्दै युद्धसँगको सम्बन्धबारे खुलाउने गरेकी थिइन् ।
पूजाले चलचित्र क्षेत्रकै पल र आकाश जस्ता कलकारहरुसँग नाम जोडिदै आएकोमा भने उनीहरु काम गर्दाका साथीहरु मात्रै भन्ने स्पष्टिकरण दिँदै आएकी थिइन् । पछिल्लो समय फिल्मको हरेक शो हरुमा युद्ध पुजा संगसंगै देखिने गरेका छन् ।
अहिले नेपाली चलचित्र घरहरुमा चलिरहेको म यस्तो गीत गाउँछु २ की निर्मात्री एबम नायिका पुजा शर्माले फिल्मका नायक पल शाह बलात्कार मुद्दामा प्रहरी हिरासतमा रहेका बेला आफ्नो प्रेमी सार्वजनिक गरेकीमा धेरैले अचम्म मानेका छन्।
अब यो प्रेमिल जोडीले आफ्नो फक्रिएको प्रेमलाई विवाहमा परिणत गर्ने योजना बनाएका छन् । युद्ध बानियाँ हेटौंडाका निर्माण व्यावसायी रहेका छन् । शारीरिक रुपमा एकदमै फिट देखिने युद्धले मोडलिङ समेत गर्ने गरेका छन् ।
नायिका पुजा शर्माको भने धेरै नायकहरु संग नाम जोडिदै आएको थियो । युद्ध भन्दा अघि नायक आकाश श्रेष्ठसँग पुजा एकदमै नजिक थिइन् । पुजा र आकाश बीच केही समय अगाडीदेखि सम्वन्ध चिसिएको थियो ।
आकाशभन्दा अगाडि पुजाको प्रेम सुदर्शन थापासँग रहेको थियो । फिल्मी बजारमा पुजाको नाम एक समय पल शाहसंग पनि जोडिने गरेको थियो । पुजाले प्रेमीको तस्वीर सेयर गर्दै ‘यु आर द स्पेशियल वान’ भनेकी छिन् ।