पोखराको लेकसाइडमा फ्ल्याट भाडामा लिई बेश्यावृत्ति संचालन : तीन जना पक्राउ

पोखराको लेकसाइडमा फ्ल्याट भाडामा लिई बेश्यावृत्ति संचालन : तीन जना पक्राउ


  • जन संचार
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 6.6K
    Shares

संगठित रुपमा बेश्यावृत्ति गराएको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.७ मुस्ताङ चोक स्थायी घर भई हाल पो.म.न.पा. वडा नं.१७
रातोपहिरा बस्ने वर्ष ३० को नारायण पोखरेल, सिन्धुपाल्चोकको चौतारा वडा नं ६
ठूलीधारा स्थायी ठेगाना घर भई हाल पोखारा जरेबर बस्ने वर्ष २२ की पुजा थापा
मगर र बांके चिसापानी वडा नं ९ स्थायी घर भई हाल पोखरा ६ जरेबर बस्ने वर्ष २२ को विशाल योगी रहेका छन्।

अभियुक्तहरुले पोखराको लेकसाईडमा फ्ल्याट भाडामा लिई बेश्यावृत्ति गरे गराएको आरोप प्रहरीले लगाएको छ। अभियुक्तहरुले ग्राहकहरुलाई आफ्नो सम्पर्कमा रहेका महिलाहरुको फोटो फेसबुक, भाइबरमार्फत पठाउने र ग्राहकले रोजेको महिला मिलाई दिएर रकम असुल्दै बेश्यावृत्ति गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।

यसभन्दा अघि पक्राउ परेका अभियुक्तहरुले दिएको सुचनाका आधारमा त्यस फ्ल्याटमा बेश्यावृत्ति हुने गरेको सुचना पाएको कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला सरकारी वकिलको कार्यालय कास्की मार्फत कास्की जिल्ला अदालतमा मानव बेच- बिखन तथा ओसार पसार मुद्दा दर्ता गरी अनुसन्धानका लागि आठ दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानेको छ।

प्रतिक्रिया