पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा गएराती ३५ वर्षीय एक युवकको हत्या भएको छ।
पोखरा महानगरपालिका वडा नं. २० मौजा मोहरियाका ३५ वर्षीय चोकेन्द्र गुरुङको गएराती हत्या भएको हो।
आँटीघर जाने बाटोको लामाखेत नजिकैको शिव मन्दिरमा चलेको शिवरात्री मेला सकिएर घर फर्कने क्रममा सामान्य बिबाद हुँदा उनकै साथीहरुले खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन गरि बसेका युवाहरुले खुकुरी हानी राति १ बजे घाइते बनाएकोमा तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएकोमा सोही अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ लगायत छ जना युवालाई पक्राउ गरेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको भन्दै प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छैन ।