बिप्लवको राजनीतिक भेटघाट र एमसीसीबिरुद्धको मोर्चा निर्माणका अड्चनहरु

बिप्लवको राजनीतिक भेटघाट र एमसीसीबिरुद्धको मोर्चा निर्माणका अड्चनहरु


  • ओम हमाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 4.4K
    Shares

अन्य साना पाँच साना दलहरुलाई साथ् लिएर राष्ट्रघाती भनिएको एमसीसी सम्झौता बिरुद्ध संघर्षको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ले एमसीसीको बिरोधमा उत्रिएका राजनीतिक नेताहरुलाई भेटघाटलाई तीब्रता दिन थालेका छन्। यसै क्रममा उनले बुधबार नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता एबम झलनाथ खनाल, नेकपा (माओवादी केन्द्र)का प्रबक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित;लाई भेटेका छन्।

राष्ट्रघाती भनिएको एमसीसी सम्झौता संसदबाट पारित भएपछि हरेक राजनीतिक पार्टीभित्र बिशेष गरी कम्युनिष्ट पार्टीहरुभित्र यस सम्झौताकाकारण बिबाद चर्किएको छ। बिजुक्छेको नेपाल मजदुर किसान पार्टीले पहिले देखि नै एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै बिरोध गर्दै आएको छ भने यही सम्झौताका कारण एकीकृत समाजवादीमा बरिष्ठ नेता खनालले र माओवाऎ केन्द्रमा श्रेष्ठले एमसीसी सम्झौताको चर्को रुपमा बिरोध गरिरहेका छन्। यसैकारण ती दुवै पार्टी फेरी विभाजनको मुखमा पुग्ने हुन् कि भन्ने नेपाली राजनीतिक वृत्तमा आशंकाहरु उत्पन्न भैरहेका छन्।

एमसीसी सम्झौताका कारण पार्टी बिभाजन हुने हो कि भन्ने सर्वत्र आशंका उत्पन्न भैरहेका बेला नेकपाका महासचिव बिप्लवले एमसीसीका बिरुद्ध आवाज उठाई बिरोध गरिरहेका नेताहरुलाई भेटघाट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। त्यसमा पनि हरेक नेतासंगको भेटमा बिप्लवले पार्टी एकता गर्न प्रस्ताव गर्ने गरेको समाचार स्रोतहरुले जनाएका छन्। पार्टी विभाजन गरेर आफ्नो पार्टीसंग एकीकरण गर्न सम्भव नभएको अवस्थामा बिप्लवले एमसीसी बिरुद्धको संघर्षमा एउटा मोर्चा बनाएर अघि बढ्न प्रस्ताब गरेको बताइएको छ।

सम्भव भए पार्टी एकीकरण र त्यो सम्भव नभए एमसीसीबिरुद्धको मोर्चा बनाएर अघि बढ्ने प्रस्तावसहित नेकपा महासचिव बिप्लवले बुधबार नेताहरु खनाल, श्रेष्ठ, र बिजुक्छेलाई भेट गरेका छन।

बुधबार महासचिव चन्दले नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरे । ललितपुरको हात्तिवनस्थित श्रेष्ठ निवासमा भएको दुई नेता बीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । एमसीसी सम्झौता लगायत समसामयिक राजनीतिक बिषयमा छलफल गर्न नेकपा महासचिव बिप्लव माओवादी केन्द्रका प्रबक्ता नारायणकाजी श्रेष्ठ भेट्न उनकै निवास हात्तीवन पुगेका थिए भने बिजुक्छे भेट्न महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई साथमा लिएर भक्तपुर पुगेका थिए । भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए । बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसी लगायतका विषयमा कुराकानी भएको नेकपाको सचिवालयले जानकारी दिएको छ ।

विप्लव नेतृत्वको नेकपा र बिजुक्छे नेतृत्वको नेमकिपा दुवै एमसीसी खारेज गर्नुपर्ने पक्षमा छन् । नेमकिपाले संसदमै एमसीसीको विरोध गरेको थियो । यसअघि महासचिव चन्दले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेका थिए । खनालसँगको भेटवार्तामा पनि चन्दको एमसीसी सम्झौताका विषयमा छलफल भएको बताइएको छ । खनालले सुरुदेखि नै एमसीसीको विरोध गर्दै आएका थिए ।

पार्टी एकीकरण वा एमसीसीबिरुद्धको मोर्चा बनाउने ध्येयका साथ् आफ्नो भेटघाटलाई तीब्रता दिई रहेका बिप्लवको अभियानले कत्तिको सार्थकता पाउँछ। त्यो भने हेर्न बाँकी छ। नेपाली कांग्रेस बाहेकका नेपालका अन्य राजनीतिक पार्टीहरुमा कलहको बिउ बनेको एमसीसी सम्झौताकै कारण अन्तरसंघर्षले पार्टीहरु विभाजित भए भने बिप्लवको अभियान सफल होला। तर भर्खर शान्तिपूर्ण आन्दोलनमा आएको भनिएको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अन्य पार्तीहरुले कसरी हेर्छन, आगामी दिनहरुमा एम्सिसिबिरुद्धको संघर्ष कत्तिको चर्को हुन्छ, त्यसैमा भर पर्ने देखिन्छ।

सामान्यत: बिगतका दिनहरुमा नेपाली राजनीतिक दलहरुमा अन्तरसंघर्ष तीब्र हुने गरे पनि अन्त्यमा गैर बिबाद मेलमिलापमा समाप्त हुने गरेका धेरै उदाहरणहरु छन्। एमसीसीबिरुद्ध चर्को रुपमा आवाज उठाई रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको समुहले यही फागुन २० गतेदेखि शूरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा एमसीसी बिरुद्ध चर्को आवाज उठाउने भनाई सार्वजनिक गरेका छन्। त्यसो त पार्टी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले दुई दिन अघि भएको पत्रकार सम्मेलनमा नेता श्रेष्ठको नामै लिएर पार्टीभित्र असहमति राख्ने हो भने पार्टी छाडेर जानसक्ने संकेत गरिदिएका थिए। यही कारण नेता नारायण काजी श्रेष्ठको समुह अध्यक्ष प्रचण्डसंग चिढिएको अनुमान गरिएको छ। त्यही कारण त्यस समुहले पार्टी नै छाडेर जाने पो हो कि भन्ने माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले चिन्ता प्रकट गरिरहेका छन्। त्यसो त अध्यक्ष प्रचण्ड पार्टीभित्रको बिबाद मिलाउन आबश्यक परे रोएको जस्तो गरेर नाटक गर्न र माफी माग्न पनि पछि नहट्ने खालको स्वभाव भएको हुँदा अबको बैठकमा प्रचण्डले त्यसै नगर्लान भन्न सकिने अवस्था छैन।

दोश्रो संबिधान सभा चुनाब पछि जनतामाझ पुग्न नसक्दा पार्टीको अवस्था कमजोर रहेको र त्यसमा पनि स्थानीय तहको चुनाब नजिकीइ सकेको अवस्थामा पार्टी बिभाजन पीडादायक हुनसक्ने भएकाले अध्यक्ष प्रचण्डले श्रेष्ठ समुहसंग आत्मालोचन गर्न सक्ने सम्भावना त्यत्तिकै देखिएको छ. त्यसो त माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठको समूह निकै कमजोर रहेको टिप्पणी हुने गरेका छन्। उनी पार्टीबाट बाहिरिए पनि पार्टीलाई खासै समस्या पर्दैन भन्ने नेता तथा कार्यकर्ताहरुको संख्या माओवादी केन्द्रभित्र कमी छैन।

हरेक राजनीतिक पार्टीभित्र एमसीसी बिरुद्ध बोल्ने नेता वा समूहतिर आफ्ना नेता कार्यकर्ता नजाउन भनेर एमसीसी पक्षधर नेताहरुले संसदबाट व्याख्यात्मक घोषणा गरेका छन्। यस घोषणाको अर्थ नै नरहेको एमसीसी बिरोधी नेता कार्यकर्ताहरुको बुझाई छ। यही बिचमा उनीहरुले आफ्ना बुझाईका बारे सर्वसाधारण जनता र पार्टीका नेता- कार्यकर्ताहरुलाई कत्तिको बुझाउन सक्छन, पार्टी विभाजन वा एम्सिसिबिरुद्धको मोर्चा बनाउने सम्भावना त्यति नै प्रवल हुन्छ। नत्र दुई-चार जना नेताले मात्र बिद्रोह गर्दैमा पार्टी विभाजनको अर्थ रहने छैन। संघर्षका लागि नेताको टाउको भन्दा पनि जुझारु र कर्मठ कार्यकर्ताको संख्या अधिक हुनु आबश्यक हुन्छ।

त्यसो त अबका दिनहरुमा कांग्रेस-कम्युनिष्ट, राजतान्त्रबादी-गणतन्त्रबादी बिचको लडाई भन्दा पनि एमसीसी पक्षधर कि एमसीसी बिरोधी भनेर ध्रुबीकृत हुनेछ। अहिलेको अवस्थामा अर्को जनादेह नआएसम्म वर्तमान संसदमा एमसीसीका पक्षधरहरुको बोलवाला छ. अबका दिनहरुमा एमसीसी बिरुद्धको लडाईको नेतृत्व गर्न संसदीय राजनीतिमा भिजेको दल हुन् अति आबश्यक देखिएको छ। किनकि नेपाली जनताको कायापलट हुन्छ भनेर १० वर्षे जनयुद्धदेखि लोकतन्त्र र गणतन्त्रलाई साथ दिए। तर यसबीचमा आएर हिजो जनयुद्ध लडेका नेताहरु राष्ट्रघाती, देशद्रोही, जनविरोधी निर्णय गर्नमा अभ्यस्त भएका देखिएका छन् भने देश र जनताविरुद्ध घात हुँदा पनि मौन बसेको नेपालि जनताले देखेका छन्।

नेकपा महासचिव बिप्लवले अहिले अभियानकै रुपमा अघि बढाएको एमसीसी बिरुद्धको राजनीतिक भेटघाट अभियानको उनी स्वयम्ले नेतृत्व गर्न सक्लान ? के यो सम्भव छ ? धेरैको जिज्ञासा यही छ। कहिलेकाहीं हामी आबश्यक परे बिद्रोह गर्छौं भन्ने बिप्लव नेतृत्वको नेकपा के साँच्चिकै तीन बुंदे सहमति मार्फत शान्तिपूर्ण गतिबिधि गर्न सहमत भएको हो त ? सबैको गम्भीर प्रश्न यही छ। उनले बिगतमा गठन गरेको भनिएको जनमुक्ति सेनाला पार्टीभित्र बिशेष कमिटि भनेर गोप्य संगठन बनाउनुको अर्थ के हो ?

अधिकांशलाई शंका लाग्ने बिषय यो हो ? त्यसो त बिप्लवले बिगतमा प्रचण्डले लिएकै जस्तो नीति लिएका छन्। जुन नीतिका बारे अहिले प्रचण्डले पार्टीमा आत्मालोचना गरिरहेका छन्। गोर्खाको पालुङ्गतार भेलामा कार्यकर्तालाई बिद्रोह गर्नुपर्छ भने पनि आफु संसदीय राजनीतिमा हानिएकोप्रति यति बेला प्रचण्डले गल्ति स्वीकार्दै आत्मालोचना गरेका छन्। बिप्लवले पनि कार्यकर्तालाई झुक्याउन पार्टीभित्र सैन्यकृत कार्यकर्तालाई बिशेष दस्ताका रुपमा राखेका छन्। तर उनका गतिबिधि पूर्णरुपेण संसदीय राजनीतिको जस्तो देखिन थालेको छ। बिप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरु जनप्रदर्शन र राजनीतिक भेटघाट जस्ता शान्तिपूर्ण गतिबिधि गरिरहेका छन्। बिगतमा प्रशिक्षित कार्यकर्तालाई जोड दिने गरेको नेपाल कम्युनिस्ट पार्टी यति बेला जस्ता कार्यकर्ता भे पनि पार्टीमा भित्र्याउने अभियान नै चलाई रहेको छ। अहिले आएर नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु आफ्नो पार्टी cadre base हो कि mass base हो भनेर यकिन गरी भन्न सक्ने अवस्थामा छैनन्।

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले अब आफ्नो पार्टी विद्रोहको बाटोमा हो कि शान्तिपूर्ण बाटोमा हो भनेर स्पस्ट भन्ने पर्ने बेला आएको छ। राष्ट्रघाती एमसीसी सम्झौता बिरुद्ध गोलबन्द हुन् आव्हान गरेको नेकपाले आसन्न स्थानीय तहको चुनाबमा के गर्छ। आगामी दिनहरुमा उनीहरुको चरित्र प्रस्ट हुनेछ।

नेपाल कम्युनिस्ट पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा बिगतमा जस्तै खारेजी अभियान चलाउछ कि मौन बहिस्कार गर्छ कि स्वतन्त्र उम्मेदवार बनाएर चुनाब लड्छ ? अब केही महिनाभित्र उनीहरुको यथार्थ चरित्र बाहिर आउनेछ। त्यसपछि मात्र नेपाल कम्युनिस्ट पार्टीले आगामी दिनहरुमा हुने सघर्षको नेतृत्व गर्न पाउछ कि पाउन्न ? त्यसैमा भर पर्नेछ। त्यतिबेला प्रचण्डले पालुङ्गटार बैठकमा गरेको जस्तो दोहोरो चरित्र बाहिर आउनेछ पनि। तसर्थ बिप्लव नेतृत्वको नेपाल कम्युनिस्थ पार्टीले आगामी दिनहरुमा हुने संघर्षको नेतृत्व गर्ने हो भने अहिले नै उसले विद्रोहको बाटो अंगालिरहेको छ कि शान्ति पूर्ण बाटोमा छ भनेर बेलैमा प्रस्ट पर्नु पर्छ।

प्रतिक्रिया