कास्कीको लुम्लेमा साढे दुई वर्षीय बालकको हत्या !

कास्कीको लुम्लेमा साढे दुई वर्षीय बालकको हत्या !


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 8.8K
    Shares

सन्देश बिक

कास्की जिल्लाको लुम्लेमा साढे दुई वर्षीय बालकको हत्या गरिएको छ। कास्कीको अन्नपूर्ण गाउपालिका वडा नम्बर ६ लुम्ले निवासी सन्तोष बिकको साढे दुई वर्षीय छोरा सन्देश बिकको हत्या गरिएको हो।

शनिबारदेखि हराएका बालक सन्देशको शब् आइतबार दिउसो घरदेखि झन्डै पौने घण्टा पैदल टाढा रहेको ठाडो भीरको जरास्थित गुप्तेको कुना जंगलमा फेला परेको अन्नपुर्ण गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष चुत्र बहादुर गुरुङले जानकारी दिए। बच्चाको शबभन्दा करीब ७०/७५ फुट पर भिरमा बच्चाले लगाउने चप्पल र टोपी फेला परेको पनि प्राप्त जानकारीमा उल्लेख छ।

घोप्टो परेको जसरी मृत अवस्थामा फेला परेका बालकको टाउको,निधार र दाहिने हातमा चोट देखिएको बताइएको छ। बालकको शबलाई साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा लगेर पोस्टमार्टम गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ ।

साढे दुई वर्षका बालक त्यति टाढा जाने नसक्ने भएकाले कसैले उनको हत्या गरेर जंगलमा लगी फालेको हुनसक्ने स्थानीय बासिन्दाले आशंका गरेका छन्। तर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुन्दर तिवारीले मृत भेटिएका बालकको टाउकोमा गम्भीर चोट रहेको देखिएको जानकारी दिदै बालकको हत्या भएको हो कि के हो भन्ने बारेमा अनुसन्धान भैरहेको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार