अभिनेता पल शाहबिरुद्ध अर्को उजुरी दर्ता गर्ने किशोरी गायिकाको भरतपुरमा स्वास्थ्य परीक्षण

अभिनेता पल शाहबिरुद्ध अर्को उजुरी दर्ता गर्ने किशोरी गायिकाको भरतपुरमा स्वास्थ्य परीक्षण


  • जन संचार
  • सोमबार, १६ फाल्गुन २०७८
  • 4.2K
    Shares

इलाका प्रहरी कार्यालय, गैंडाकोट

अभिनेता पल शहबिरुद्ध अर्को वलात्कार मुद्दा दर्ता गर्न नवलपुरको गैंडाकोट पुगेकी किशोरी गायिकाको आइतबार भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अभिनेता पल शहबिरुद्ध इलाका प्रहरी कार्यालय गैंडाकोटमा अर्को वलात्कार मुद्दा दर्ता गरेकी ती किशोरी गायिकाको आइतबार भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको हो । अभिनेता शाहविरुद्ध उजुरी दर्ता गर्न पिडित किशोरी र उनका बुबा प्रहरी कार्यालय पुगेको इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रहरी निरिक्षक लक्ष्मी पाण्डेले जानकारी दिइन्।

गीत शुटिंङ्गका क्रममा आफुलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा लगेर मादक पदार्थ खुवाई अभिनेता पल शाहले वलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन्।

डीएसपी दीलिप गिरीले किशोरीको जाहेरीका आधारमा आइतबार चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा किशोरीको स्वास्थ्य जाँच गरिएको जानकारी दिए । चिकित्सकले दिने रिर्पोट तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढ्ने उनले बताए । प्रहरीले गत चैत ७ गते उनीहरु बसेको होटलको समेत मुचुल्का गरेको छ ।

यसअघि ती किशोरीले पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार गरेको जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि अभिनेता शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ समक्ष आत्मसमर्पण गरेका थिए। सो घटनामा प्रहरीले अनुसन्धान गर्न शाहलाई हिरासतमा राखेर अदालतबाट सात दिनको म्याद लिएको छ ।

प्रतिक्रिया