अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरे

अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरे


  • जन संचार
  • आइतबार, १५ फाल्गुन २०७८
  • 4.9K
    Shares

अभिनेता पल शाह गिरफ्तार

अन्तत: अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका छन्।

गायिका समिक्षा अधिकारीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएपछि उनले आज प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। यस अघि उनले आजै आफ्नो फेसबुकमा आफुले प्रहरी समक्ष आत्मसमर्पण गर्ने घोषणा गरेका थिए। उनी आफ्नै गाडीमा जिल्ला प्रहरी कार्यालय तनहुँ गएको समाचार स्रोतको दाबी छ।

अहिले शाह प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।
https://www.janasanchar.com/2022/02/117841/

गायिका अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा फागुन ११ गते शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।
https://www.janasanchar.com/2022/02/117929/

प्रतिक्रिया