गायिका समीक्षा अधिकारीलाई वलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहले आज प्रहरी समक्ष आत्मसमर्पण गर्ने घोषणा गरेका छन्।
उनले आफ्नो फेसबुकमार्फत आज प्रहरी समक्ष आत्मसमर्पण गर्ने घोषणा गरेका हुन्। उनले आफ्नो फेसबुक स्टाटसमा “नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु” भनेका छन्।
उनले आफु बिरुद्ध प्रहरीमा उजुरी परेपछि भाग्दै हिडेको आरोप प्रति लक्षित गर्दै आफ्नो स्वास्थ्य स्थिर्ती बिग्रिएको, घरको सबै घर व्यवहार मिलाउनु परेको र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि आफु यस अघि प्रहरी समक्ष उपस्थित हुन्म नसकेकोमा माफी समेत मागेका छन्।