१३ किलो चरेशसहित कैलालीबाट ७० वर्षीय वृद्ध पक्राउ

१३ किलो चरेशसहित कैलालीबाट ७० वर्षीय वृद्ध पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 3.1K
    Shares

आइते जाग्री

अबैध लागू औषध चरेशसहित कैलालीबाट प्रहरीले ७० वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ।

कैलाली जिल्लाको चुरे गाउँपालिका ५ लिसबेलीका ७० वर्षीय आइते जाग्री अबैध लागू औषध चरेशसहित कैलालीबाट बिहीबार पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलिले चुरे गाउँपालिका ५ लिसबेलीमा घरभित्र भित्तामा रहेको माहुरी घार र धानको बोरा भित्र पोका बनाई लुकाई राखेको अवस्थामा उक्त परिणामको चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले बताए ।

जाग्रीले प्लास्टिकका १२ पोका बनाई बेरेको १३ किलो लागु औषध चरेस सहित पक्राउ गरिएको प्रवक्ता डिएसपी जोशीले जानकारी दिए । उनले जिग्रीको खानीडाडामा पसल समेत रहेको र उक्त पसलबाट नै चरेसको कारोबार गर्दै आइरहेको बताए ।

अहिले उनलाइ पक्राउ गरेर कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार