बिबाहपछी परपुरुषसंगको सम्बन्धकाकारण विदेशबाट नेपाल आएका आफ्ना श्रीमानको आएको भोलिपल्ट नै बिभ’त्स तरीकाले ह’त्या गरेको खुलेको छ।
सुनसरीको धरान-४ स्थित धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र हत्या गरिएको अवस्थामा भेटिएका झापाको दमक नगरपालिका-५ का दिनेश सिग्देलको उनकै कान्छी श्रीमतीले ह’त्या गरेको खुलेको हो।
विराटनगर–४, इक्राही टोलका सिटी रिक्सा चालक २९ वर्षीय सरोज भण्डारीसंगको प्रेम सम्बन्धमा रहेकी सिग्देलाकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसीले आफ्नो प्रेमीसँग मिलेर आफ्नै श्रीमान दिनेश सिग्देलको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, आफ्नो कान्छी श्रीमतीले केही समय यता राम्रो ब्यबहार नगरेको र राम्रोसंग नबोल्ने गरेपछि श्रीमतीको चरित्रमा शंका लागेर गएको पुष २० गते आफूसंगै काम गर्ने साथीसंग ६० हजार रुपियाँ सापट लिएर सिग्देल बहराइनबाट नेपाल फर्किएका थिए। त्यसको भोलिपल्ट उनी कान्छी श्रीमती अनितालाई भेट्न विराटनगर महानगरपालिका–३, पीपलचोकतिर हिडेका थिए। तर उनकी कान्छी श्रीमतीले उनलाई लिन विराटनगर महानगरपालिकाको कन्चनबारीमा गएकी थिइन्।
अनुसन्धानका क्रममा सिग्देल दम्पत्ति त्यस दिन विराटनगरकै फेमिली होटलमा बसेपछि अर्को दिन उनीहरु विराटनगर बजार घुमेको र जोगबनी पनि गएर आएको भेटिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी सञ्जयसिंह थापाले जानाकरी दिए।
विराटनगर बजार र जोगबनी बजार घुमेपछि त्यसको भोलिपल्ट विराटनगर महानगरपालिका–३, पीपलचोकस्थित कोठामा पुगेपछि उनीहरुबीच झगडा भएको बताइएको छ।
‘विदेशमा कमाएको पैसा जति सबै कान्छी श्रीमतीलाई पठाएका” सिग्देलकोआफुसंग झगडा शुरु भएको थियो। झगडाको क्रममा श्रीमानले विदेश पठाएको पैसा मध्ये एक लाख रुपियाँ आफ्नो प्रेमी भण्डारीलाई दिएको श्रीमानलाई बताएकी थिइन्। त्यसपछि केसीले फोन गरेर आफ्नो प्रेमी सरोज भण्डारीलाई बोलाएको बताइञ्छ।
भण्डारी आउनेवित्तिकै चर्काचर्की सुरु भइहाल्यो, मौका हेरेर गलबन्दीले घाँटीमा कसेर हत्या गरिहाले’ एसपी थापा भन्छन्, ‘खासमा हत्या योजना पहिल्यै बनेको देखिन्छ, भण्डारीले घाँटी कस्दा उनले (कान्छी श्रीमती केसी) पनि सहयोग गरिन् ।’ श्रीमान् सिग्देलको हत्या गरे थप ७५ हजार रुपैयाँ दिने र विवाह गर्ने उनले प्रलोभन दिएको खुलेको एसपी थापा बताउँछन् ।
पुस २३ गते बिहान दुवै जनाले विराटनगरको एक पसलबाट शव व्यवस्थापनका लागि ग्रेण्डर मेसिन, ३ वटा जेब्रा झोला र पोलिथिन किनेर ल्याए । त्यस पछि मृतकको टाउको काटेको देखिएको छ’ उनी भन्छन्, ‘दाहिने तीघ्राको भाग पनि काटेर एउटा झोला र शरीरको अरु भागलाई अर्को झोलामा हालेको देखिएको छ ।’ शवलाई पोको पारेपछि त्यही दिन साँझ टेम्पो भाडामा लिएर धरानतिर लगेको केसीले बयान दिएकी छन् ।
धरानमा लगेर राति नै धरान–धनकुटा सडकखण्ड अन्तर्गत सडकबाट ४५ फिट पश्चिमतिर जेब्रा झोला फ्याँकेको पाइएको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी नरेन्द्र कुँवर बताउँछन् ।
‘दाउरा खोज्न जाने मजदूरहरुले शव देखेपछि खबर गरेका थिए, त्यसपछि १ नं. प्रदेशको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) सहितको सहयोगमा अनुसन्धान थालेका थियौं’ उनले भने, ‘सुरुमा टाउको र खुट्टा मात्र भेटिएको थियो, पछि ५० वटा अपराध अनुसन्धानमा विज्ञ कुकुरसहितको टोली लगेर खर्च गर्दा डेढ किलोमिटर माथि सडकभन्दा तल जेब्रा झोलामा नै शरीरका अन्य भाग फेला परेको थियो ।’
जंगलमा भेटिएको शबसंगै घटनास्थलबाट बरामद ‘रियो टुर्स’ लेखिएको भिटिजिङ कार्ड र ‘एसेट प्रोटक्सन तत्वीर पेट्रोलियम’ लेखिएको मास्कका आधारमा प्रहरीले सोधीखोजी गरेर मृतकको पहिचान गरेको थियो। त्यस क्रममा प्रहरीले सिग्देलले बहराइनमा काम गर्ने कम्पनीमा सम्पर्क गरेर सिग्देलको पहिचान खुलाउन प्रहरी सफल भएको बताइएको छ।
प्रहरीले सिग्देलको हत्या आरोपमा उनकै कान्छी श्रीमती अनिता केसी र प्रेमी सरोज भण्डारीलाई पक्राउ गरेर आबश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।