जेब्रा झोलाभित्र भेटिएको शब झापाका सिग्देलको भएको पुष्टि, शंकास्पद तीन जना पक्राउ

जेब्रा झोलाभित्र भेटिएको शब झापाका सिग्देलको भएको पुष्टि, शंकास्पद तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० फाल्गुन २०७८
  • 3.1K
    Shares

सुनसरीको धरान-४ स्थित धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र टाउको र त्यसको भोलिपल्ट त्यही ठाउँमा भेटिएको शरीरको सनाखत भएको छ।

उक्त शव झापाको दमक नगरपालिका-५ का दिनेश सिग्देलको भएको खुलेको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।

प्रहरीका अनुसार गत पुष २० गते बहराइनबाट नेपाल फर्किएका थिए । काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरी बताउँछ । त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान जारी छ ।

यसैबीच प्राप्त अर्को जानकारी अनुसार, काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ।

उदयपुर घर भई चन्द्रागिरि- १२ बस्ने दीपकुमार राउतका १४ वर्षीय छोरा अनिष राउतको शब मंगलबार बिहान साढे ८ बजे बलम्बुस्थित एक खोलामा पानीमा डुबिरहेको अवस्थामा फेला परेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। घटनास्थलमा महानगरीय प्रहरी परिसर काठमाडौं र महाशाखाको टोली खटिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार