तनहुँको ग्रामिण क्षेत्रमा गाउँलेलाई ठगी गर्ने दुई भारतीय मुलका व्यापारीलाई प्रहरीले कागज गरेर छाड्यो

तनहुँको ग्रामिण क्षेत्रमा गाउँलेलाई ठगी गर्ने दुई भारतीय मुलका व्यापारीलाई प्रहरीले कागज गरेर छाड्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ७ फाल्गुन २०७८
  • 4.2K
    Shares

तनहुँको घिरिङमा गाउँलेलाई ठगी गर्दै भारतीय मुलका व्यापारी

कपडा ब्यापारीको रुपमा नेपालको ग्रामिण इलाकामा प्रवेश गरेर सोझा सिधा गाउले जनतालाई ठगी गर्ने दुई जना भारतीय मुलका व्यापारीलाई प्रहरीले तनहुँको घिरिङबाट पक्राउ गरेर छाडेको छ।

तन्ना र सिरानीको खोल बोकेर पुगेका दुई ब्यापारीले स्थानीयलाई ठुलो उपहार पर्ने लोभ देखाएर चिठ्ठा कुपन खरिद गर्न लगाउने र सस्तो सामान भिडाएर ठग्दै गर्दा घिरिङ प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

घिरिङ प्रहरी कार्यालयका हवल्दार लोकबहादुर पुलामी मगरले स्थानीयलाई पाँच हजार पाँच सय र छ हजार पाँच सयमा दुई किसिमका कुपनमा फ्रिज, टिभी लगायतका महंगा सामान पर्ने लोभ देखाएर तन्ना मात्र पर्ने गरेको स्थानीयको गुनासो पछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएर केही कुपनहरु खोल्दा कुपनमा पुरस्कार स्वरुप तन्ना र सिरानीको खोलमात्र पर्ने गरि ब्यवस्था मिलाइएको पाइएको स्थानीय अन्जान परियारले बताए । उनीहरुले कुपनमा उल्लेख भएको उपहार तुरुन्त प्रदान गरिने बताउदै आए पनि उल्लेख गरिएको सामानहरु भने नभएको पाइएको बताइएको छ।

भारतीय मुलका ती दुई व्यापारीले स्थानीय एक महिलालाई ठगी गरे पनि अन्यलाई ठगी गरेको नभेटिए पछि ठगिएको रकम पिडित महिलालाई फिर्ता गरी अब आइन्दा त्यस्तो नगर्ने शर्तमा छाडिएको प्रहरी हवल्दार मगरले जानकारी दिए। उनीहरुलाई कागज गरेर घिरिङ क्षेत्रमा ब्यापार गर्न समेत निषेध गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार