ऋण दिएकी महिलालाई घरमै गएर वलात्कार गरेको आरोपमा प्रहरीले मोरङबाट एक स्कुलका प्रधानाध्यापकलाई पक्राउ गरेको छ।
मोरङको धनपालथान–५ स्थित एकतारा आधारभूत विद्यालयका प्रधानाध्यापक एबम स्थानीय बबियाका बासिन्दा ५ वर्षीय कालुराम खवासलाई बिहिबार पक्राउ गरेको हो।
अभियुक्त खवासबिरुद्ध प्रहरीले सात लाख रुपियाँ ऋण लिएकी २९ वर्षीया एक महिलालाई गत पुस १२ गते घरमै गएर बलात्कार गरेको आरोप लगाएको छ। उनलाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो।
प्रअ खवासबिरुद्ध किटानी जाहेरी परेपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रअ खवासविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट आज म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको छ। बलात्कारपछि श्रीमान वैदेशिक रोजगारीमा रहेकी ती महिलाको साथमा रहेको नगदसमेत लुटेर खवास फरार भएको जाहेरी प्रहरीमा परेको डिएसपी श्रेष्ठले बताए।