आफ्नै साथीलाई बियरको बोतलले हानेर घाइते बनाई साथमा रहेको रकम चोरेर भागेका एक व्यक्ति २० वर्ष पछि जेल चलान भएका छन्।
आफ्नै साथि ल बहादुर बोगटीलाई बियरको बोतलले हानेर घाइते बनाई साथमा रहेको रकम चोरेर भागेका स्याङ्जाको साविक सेतिदोभान गा.वि.स. ३ हाल आँधिखोला गाउपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय शंकर सुवेदी आज जेल चलान भएका हुन्।
प्रहरीका अनुसार, अभियुक्त सुबेदीले आफ्नै साथी बल बहादुर बोगटीलाई २० बर्ष १० महिना ३ दिन अघि बियरको बोतलले हानेर घाइते बनाई साथमा रहेको रकम चोरेर भागेका थिए। त्यसपछि हाल आएर आफ्नै घर गाउँमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएका प्रहरी टोलीले बुधबार पक्राउ गरेको थियो।
उक्त घटना पश्चात भागेका सुबेदीबिरुद्धप्रहरीले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी कारबाही चलाएको थियो। उक्त मुद्दामा पुनराबेदन अदालत पोखराले अभियुक्त सुबेदीलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजायं तोक्ने फैसला गरेको थियो।
अदालतको फैसला पछि पनि फरार रहेका सुबेदीलाई पक्राउ गरी प्रहरीले आज कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले जानकारी दिएको छ।
पुनराबेदन अदालत पोखराको मिति २०५८।०१।०२ गतेको फैसलाले ५ बर्ष (पाँच) कैद तोकिई फरार रहेका जि. स्याङ्जा आँधिखोला गा.पा. ५ बस्ने बर्ष ५० को शंकर सुवेदीलाई गाँउघरमा लुकीछिपी बसेको अवस्थामा २० बर्ष १० महिना ३ दिन पछी मिति २०७८।११।०४ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएका प्रहरी अधिकृत सहितको टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागी आज मिति २०७८।११।०५ गते सम्मानित अदालत समक्ष पेश गरिएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाएको ।