नेपाल प्रहरीमा जागीर खान चर्चित फुटबलर हरि खड्काले नक्कली प्रमाणपत्र पेश गरेको ठहर

नेपाल प्रहरीमा जागीर खान चर्चित फुटबलर हरि खड्काले नक्कली प्रमाणपत्र पेश गरेको ठहर


  • जन संचार
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 4K
    Shares

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो । अदालतले उनलाई पांच हजार जरिवाना तोकिएको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

अख्तियारले भने भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको थियो ।

खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को प्रमाणपत्र पेश गरेर २०५५ साल कात्तिक १ गते देखि प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । खड्का २०५९ पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात छ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए । खड्काले राजीनामा दिएपनि अख्तियारले छानबिन गरेर २०७८ माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपाल सरकारले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई २०७७ सालको असोजमा राष्ट्रिय खेलकुद परिषद्-राखेपको बोर्ड सदस्य नियुक्त गरेको थियो।

प्रतिक्रिया