जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 3.2K
    Shares

धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।

आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार