भाइरल ‘नोगेन…’ गीत बिबादित, संगीतकार सापकोटाद्वारा आफ्नो गीतका केही अंश चोरिएको आरोप

भाइरल ‘नोगेन…’ गीत बिबादित, संगीतकार सापकोटाद्वारा आफ्नो गीतका केही अंश चोरिएको आरोप


  • जन संचार
  • शुक्रबार, २८ माघ २०७८
  • 3.5K
    Shares

सार्वजनिक भएको चार दिनमै युट्युबमा २३ लाख भ्युज बटुल्न सफल ‘नोगेन…’ गीत बिबादित बनेको छ।
संगीतकार बसन्त सापकोटाले ‘नोगेन…’ गीतमा समाबेश संगीतका केही अंश आफूले संगीत भरेको चलचित्र ‘सिलसिला’ मा समावेश ‘सागरसरी चोखो माया’ गीतबाट चोरिएको आरोप लगाएपछो त्यस गीत बिबादित बनेको हो।

गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बुको स्वरमा केही दिनअघि सार्वजनिक गीत ‘नोगेन’को संगीतको अंश चोरी भएको संगीतकार वसन्त सापकोटाले आरोप लगाएका छन् । वसन्तले भने, ‘मेरो आशा बन्यौं नोगेन’ लाइनको संगीत ‘सागरसरी चोखो’बाट झिकिएको हो । मैले यो विषयमा संगीतकार महेश खड्कासँग कुरा पनि गरेको छु । तर उहाँले मलाई ‘समर्पण’ चलचित्रको ‘मलाई फूल्न देऊ’ बोलको गीतको अंशबाट आफूले लिएको बताउनुभयो । ‘मेरो आशा बन्यौं नोगेन’ गीतमा एक ठाउँमा मात्र प्रयोग भएको भए म पनि केही भन्दिनथें । तर गीतको मुख्य अंश नै यही छ र बारम्बार प्रयोग भएको छ ।’

संगीतकार सापकोटाले आफूले संगीत गरेको ‘सागरसरी चोखो माया’ बोलको गीतको संगीतसँग मेल खाएकोले संगीतमा आफ्नो नाम राख्न मागसमेत गरेका छन् । यो विषयमा संगीतकार महेश खड्काले भने, ‘कहाँबाट मिल्छ गीत खै मलाई थाहा भएन । यो विषयमा म अहिले कुरा गर्न चाहन्नँ ।’
संगीतकार खड्काले लिम्बू भाषाको ‘नोगेन’ अर्थात ‘धन्यवाद’ शब्दलाई मिलाएर रुक्सानका लागि गीत लेखेका थिए । उनले नै गीतमा संगीत भरहेका हुन् ।

प्रतिक्रिया