सप्तरीमा एक युवाले आफ्नै भाउजूको पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्।
सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीका २० वर्षीय परमेश्वर साहले आफ्नै भाउजू २७ वर्षीया राजकुमारी साहको पेट्रोल छर्केर आगो लगाई हत्या गरेका हुन्।
प्रहरीका अनुसार, दुई दिनअघि घरमै रोटी पकाइरहेकी राजकुमारीलाई उनकै देवर परमेश्वरले शरीरमा पेट्रोल छर्केर आगो लगाई दिएपछि गम्भीर घाइते अवस्थामा उपचारका लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो र त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो।
राजकुमारीका ३० वर्षीय पति रविनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। यता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भाउजूमाथि पेट्रोल छर्केर आगो लगाउने देवरको खोजी भइरहेको बताए।