रोकिराखेको ट्रकमा कार ठोक्किदा बुटवलमा तीन जनाको निधन भएको छ भने थप दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार, बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहानै ठाेक्किएको थियो।
सो दुर्घटनामा परी मृत्यु हुनेहरूमा कारमा सवार बुटवल १२ बस्ने सविन थारु, सोही स्थानका गोविन्द चौधरी र कार चालक नेवार नविन श्रेष्ठ रहेका छन् । उनीहरूको शव बुटवलको प्रदेशिक अस्पतालमा राखिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते २ जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेका छन् । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।