सिन्धुपाल्चोकमा एक युवाले रक्सीको झोंकमा खुकुरी हानि दुई जनाको हत्या गरेका छन्। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङका विजय तामाङले रक्सीको झोंकमा खुकुरी हानि आफ्नै गाउँका दुई जनाको हत्या गरेका हुन् ।
अत्याधिक मादक पदार्थ सेवन गरेका तामाङले स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।