चर्चित भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन

चर्चित भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन


  • जन संचार
  • आइतबार, २३ माघ २०७८
  • 10.3K
    Shares

चर्चित भारतीय गायिका लता मंगेशकर

चर्चित भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।

चर्चित गायिका मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ।

फोक्सोमा संक्रमण देखिएपछि उनलाई सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो।

लता मंगेशकरले २८ सेप्टेम्बरमा ९० औं जन्म दिन मनाएकी थिइन् । सन् २००१ का उनले भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गरिएको थियो । २८ सेप्टेम्बर, १९२९ मा जन्मिएकी मंगेशकरले विभिन्न चर्चित पुरस्कार समेत पाएकी छन् ।

उनले ३६ भारतीय भाषामा गीत रेकर्ड गराएकी छन् । उनले १९४८ देखि १९७४ को बिचमा २५ हजारभन्दा बढी गीत गाएकी थिइन् । सन् १९७४ मा उनको नाम सबैभन्दा बढी गीत रेकर्ड गराउने गायिकाको रुपमा गिनिज बुकमा समावेश भएको थियो । मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्।

प्रतिक्रिया