सुनसरीमा ट्रक र बस ठोक्किएर आगलागी : तीन जनाको निधन, १३ जना घाइते

सुनसरीमा ट्रक र बस ठोक्किएर आगलागी : तीन जनाको निधन, १३ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ माघ २०७८
  • 2.9K
    Shares

सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको निधन भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

भोक्राहा नरसिंह नगरपालिका वडा नम्बर ३ र ६ को सीमा क्षेत्रमा पर्ने खुनिया खोला पुलमा ना ५ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्बरको बस एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ना ५ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्बरको बस ठोक्किएका हुन् । ट्रक र बस ठोक्किएपछि दुवैमा आगो लागेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा बसका चालक, ट्रकका चालक र बसमा रहेका एक जना रहेका र उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार