भ्यान ट्रिपरमा ठोक्किंदा चितवनमा आमाछोराको मृत्यु

भ्यान ट्रिपरमा ठोक्किंदा चितवनमा आमाछोराको मृत्यु


  • जन संचार
  • शुक्रबार, २१ माघ २०७८
  • 3.4K
    Shares

भ्यान ट्रिपरमा ठोक्किंदा चितवनमा आम छोराको मृत्यु भएको छ। मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान विपरीत दिशाबाट गइरहेको लु २ ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान ठोक्किँदा भ्यानमा सवार आमा छोराको मृत्यु भएको हो । भ्यानमा सवार एक यात्रुको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार, नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको हो ।

निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारकम क्रममा बिहान १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका–३ की धिरमाया वलीको अवस्था पनि गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी–१ का राजकुमार ढुंगानाको अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया