हिउँमा ट्याक्टर चिप्लिएर दुर्घटना हुँदा बझाङमा ट्याक्टरका सहचालकको मृत्यु

हिउँमा ट्याक्टर चिप्लिएर दुर्घटना हुँदा बझाङमा ट्याक्टरका सहचालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ माघ २०७८
  • 4.9K
    Shares

हिउँमा ट्याक्टर चिप्लिएर दुर्घटना हुँदा बझाङमा ट्याक्टरका सहचालकको मृत्यु भएको छ।

शुक्रबार थलारा गाउँपालिका-३ चाखुरीमा गुडिरहेकाे ट्याक्टर उकालोमा हिउँका कारण चिप्लिएर दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको हो । चिप्लिएर भएको ट्याक्टर दुर्घटनामा सोही ट्याक्टरका सहचालक थलारा गाउँपालिका–२ का अन्दाजी ३० वर्षीय लालबहादुर दाहालकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

ट्याक्टर चिप्लिएपछि सहचालक समेत रहेका दाहालले हाम्फालेका थिए। ट्याक्टर चालक भने सकुशल रहेकाे प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार