हावाहुरीले च्यापिएर मधेश प्रदेशमा दुई विद्यार्थीसहित तीन जनाको मृत्यु

हावाहुरीले च्यापिएर मधेश प्रदेशमा दुई विद्यार्थीसहित तीन जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ माघ २०७८
  • 5.9K
    Shares

ढलेको रुख

मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ।

हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए।

हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका—१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घरमै च्यापिएर फुलमतीयाका दुई वटा बाख्रासमेत मरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार