लमजुङको घामे भीरमा ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते

लमजुङको घामे भीरमा ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० माघ २०७८
  • 5.2K
    Shares

ट्रयाक्टर दुर्घटना

लमजुङको राइनास नगरपालिका वडा नम्बर ६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार नगरपालिकाको वडा नम्बर ५ तीनपिप्लेबाट वडा नम्बर ६ धमिलिकुवातर्फ आउँदै गरेको ग १ त ४४४५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा धमिलिकुवाका अन्दाजी ४२ वर्षीय अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।

त्यस्तै राइनासकै सोही ट्रयाक्टर चालक १९ वर्षीय दीपक परियार र ट्रयाक्टरमै सवार २१ वर्षीय गोपाल परियार भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू राइनासकै स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् घर फिर्ता भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार