गएराती तनहुँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

गएराती तनहुँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ माघ २०७८
  • 6.3K
    Shares

तनहुँको बन्दिपुर गाउँपालिकाको बेल भञ्ज्याङमा  गएराती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

बेल भञ्ज्याङस्थित पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको हो  ।

दुर्घटनामा मोटरसाइकलमा चढेका तनहुँको व्यास नगरपालिका–५ का अनिल मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

उनीहरु सवार ग १८ प ९२९५ नम्बरको मोटरसाइकल र लु १ ख ९८३२ नम्बरको ट्रक गएराति तनहुँको बन्दिपुर गाउँपालिकाको बेल भञ्ज्याङ भन्ने स्थानमा ठोक्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार