आजदेखि २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु

आजदेखि २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु


  • जन संचार
  • बिहिबार, ६ माघ २०७८
  • 4.3K
    Shares

पोखरामा आजदेखि २० औं संस्करणको आहा रारा गोल्डकपप गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। सहारा क्लब पोखराद्वारा आयोजित यस प्रतियोगिता पोखरा रंगशालामा संचालन हुनेछ।

प्रतियोगिताको २० औँ संस्करणमा १० टीमको सहभागिता रहनेछ । आयोजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउनेछन् । आहा रारा गोल्डकप ठूलो प्रतियोगिता हो ।

सहारा क्लब पोखराले नियमित संचालन गर्दै आएको प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा हुने यस संस्करणको उद्घाटन खेल भने आज दिउँसो साढे २ बजे आयोजक सहारा क्लब र विभागीय सशस्त्रको एपीएफ क्लबबीच हुनेछ।
कोभिड–१९ संक्रमण तीब्र भएकै समयमा पोखराको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकप आयोजक सहारा क्लबले पोखरा रंगशालाको क्षमताको तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

आयोजक सहारा क्लब पोखराले माघ ६ देखि हुने यस संस्करणको आहा रारा गोल्डकपको खेलतालिका भने मंगलबार सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया