बाँकेको बैजनाथ गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष रामचरण थारुलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले वडा अध्यक्ष थारुसहित अन्य तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पुष्टि गरेका छन् ।
आफै लागूऔषध प्रयोगकर्ता समेत रहेका वडा अध्यक्ष थारु सरकारी मोटरसाईकल चढेर बैजनाथ गाउँपालिकाबाट सोमबार लागूऔषध सेवनका लागि कोहलपुर आएका बेला पक्राउ परेको प्रहरीले जनाएको छ ।
एसपी अधिकारीका अनुसार थारुसहित सुरज थारु, ध्रुव थारु र सुन्दर थारुलाई इप्रका कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट तीनसय १० मिलिग्राम खैरो हेरोइन पनि बरामद गरिएको प्राप्त समाचारमा जनाइएको छ।
वडाध्यक्ष थारु २०७५ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।