कैलालीको ‘भाइरल’ गोदावरी पुलबाट खसेर शिक्षकको मृत्यु, हत्या आशंका

कैलालीको ‘भाइरल’ गोदावरी पुलबाट खसेर शिक्षकको मृत्यु, हत्या आशंका


  • जन संचार
  • मंगलबार, ४ माघ २०७८
  • 3.1K
    Shares

कैलालीको गोदावरी पुलबाट खसेर एक मृत्यु भएको छ । अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको पुलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार जीर्ण गोदावरी पुलमा सोमबार बेलुका फोटो खिच्न गएका शिक्षक पुलबाट खसेर घाइते भएका थिए । पुलबाट खसेर घाइते भएका शिक्षक भाटको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली डिएसपी बेदप्रकाश जोशी घटनाको अनुसन्धान भइरहेको बताउँछन्. । ‘५ बजे पछि गोदावरी पुलमा जान दिदैनन् । पुलमा वार पनि छैन । फोटो खिच्न पुलमा गएका बेला खसेको प्रत्यक्षदर्शीले देखे पछि हामीलाई खबर आएको थियो,’ डिएसपी जोशीले भने, ‘मापसे पनि गरेको स्थानीयले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान गर्दैछौँ ।’
भाट कोहलपुरबाट गोदावरी पुगेका थिए।

यसैबीच घटना निकै शंंकास्पद र शवको प्रकृति हेर्दा हत्या आशंका रहेकोले मृतकका आफन्तले सत्य, तथ्य छानविनको माग गरेका छन् । मृतकका आफन्तले भने पुलबाट धकेलेर हत्या गरिएको बताएका छन्। `गोदावरीको पुलबाट खसेर खुट्टामा मात्र चोट लाग्दैन,´ कोहोलपुरबाट आजै फर्किएको र गोदावरीको एक होटलमा बसेर मदिरा सेवन गरेर पुलमा फोटो खिच्न गएको सुन्नमा आएको छ,´ जोशीले भने।´

काठेपुल जीर्ण बनेपछि नजिकै पक्कि पुल निर्माण गरी काठे पुलमा सवारी आवागमन बन्द गरिएको छ। काठेपुल पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुन्छ। कैलालीमा यो पुल भाइरलको नामले परिचित छ।

प्रतिक्रिया