आफ्नै बिद्यालयमा अध्ययनरत छात्रालाई गर्भवती बनाएको आरोपमा खोटाङबाट एक शिक्षक पक्राउ

आफ्नै बिद्यालयमा अध्ययनरत छात्रालाई गर्भवती बनाएको आरोपमा खोटाङबाट एक शिक्षक पक्राउ


  • जन संचार
  • सोमबार, ३ माघ २०७८
  • 3.5K
    Shares

आफ्नै बिद्यालयमा अध्ययनरत छात्रालाई गर्भवती बनाएको आरोपमा खोटाङबाट एक शिक्षक पक्राउ परेका छन्। खोटाङको रावाबेँसी गाउँपालिका-२ खार्पास्थित भाषा आधारभूत विद्यालयका शिक्षक किशोर पोखरेललाई प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले सोही बिद्यालयमा पढ्ने १४ वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेर गर्भवती बनाएको आरोपलगाएको छ।
पीडितका बुबाले गत विहीबार आफ्नी छोरी वलात्कृत भएको भन्दै ३१ वर्षीय शिक्षक पोखरेलबिरुद्ध लाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएका बताइएको छ। उजुरी परेपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङ पठाएको प्राप्त समाचारमा जनाइएको छ। भदौ ९ गते यता पटक-पटक बालिकालाई बलात्कार गरेको आरोप लगाइएको छ । स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले अभियुक्त पोखरेललाई जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको जानकारी दिए।

प्रतिक्रिया