काठमाडौंको गुर्जुधारामा चक्कु हानेर २६ वर्षीय रिजालको हत्या, बस्नेत दाजूभाई पक्राउ

काठमाडौंको गुर्जुधारामा चक्कु हानेर २६ वर्षीय रिजालको हत्या, बस्नेत दाजूभाई पक्राउ


  • जन संचार
  • सोमबार, ३ माघ २०७८
  • 3K
    Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर २६ वर्षीय एक युवाको हत्या भएको छ भने हत्या आरोपमा प्रहरीले दाजुभाइलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या आइतबार हत्या भएको हो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एकै परिवारका दाजुभाइ अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको बताइएको छ ।

रिजालको हत्यापश्चात भागेका प्रहरीले सोमबार अनुजलाई धादिङबाट पक्राउ गरेको थियो भने उनका भाई अशोकलाई तत्काल पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।  प्रहरीका अनुसार, सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु हानेका थिए ।

 

प्रतिक्रिया