स्याङ्गजामा १६ महिनाको एक बालकको चक्कु प्रहार गरि हत्या गरिएको छ भने उनकी पांच वर्षीया दिदीलाई घाइते बनाइएको छ।
स्याङ्गजाको वालिङ नगरपालिका १२ सिर्सीकोट १२ घर भई हाल वालिङ नगरपालिका १० भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको १६ महिनाको छोरा साईमन गुरुङको चक्कु प्रहार गरि हत्या गरिएको हो भने उनकी पांच वर्षीया दिदी साईना गुरुङलाई घाइते बनाइएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीक अनुसार, प्रवक्ता अधिकारीका अनुसार घाटीमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाइएका बालक साइमनलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकोमा बालकको १:४५ बजे डाक्टरले मृत घोषणा गरेको हो । चक्कु प्रहारबाट घाइते भै सोही प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत साईना गुरुङको घाटी, बायाँ हातको बुढी औलामा चोट लागेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनामा संलग्न पर्वत, पैयु गाउँपालिका ५ घर भई हाल वालिङ नगरपालिका १० भकुण्डेमा डेरा गरी बस्ने ३३ बर्षिय जितेन्द्र गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घटना कुन उदेश्यले किन घटाइएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।