श्रीमतीले आत्महत्या गरेको एक हप्तापछि स्याङजाबाट श्रीमान पक्राउ परेका छन्। प्रहरीले स्याङजाको पुतलीबजार नगरपालिका-१४ लामागे बस्ने टेकनाथ गिरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, गिरीकी ४५ वर्षीया श्रीमती धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले टेकनाथ गिरीबिरुद्ध आत्महत्या दुरुत्साहन कसूर सम्बन्धी मुद्दा दर्ता गरी आबश्यक अनुसन्धान शुरु गरिसकेको बताइएको छ। अभियुक्त टेकनाथबिरुद्ध श्रीमती धनकुमारीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको प्रहरीले आरोप लगाएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।