स्याङ्जामा वन कुखुरालाई हानेको गोली लागेर बिकको मृत्यु, छ जना साथी पक्राउ

स्याङ्जामा वन कुखुरालाई हानेको गोली लागेर बिकको मृत्यु, छ जना साथी पक्राउ


  • जन संचार
  • सोमबार, २६ पुष २०७८
  • 7.1K
    Shares

स्याङ्जामा  वन कुखुरालाई हानेको गोली लागेर एक जनाको मृत्यु भएपछी अन्य छ जना साथीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, गएको मंगलबार स्याङ्जाको आँधीखोला १ को कालिखर्क जंगलमा बन कुखुरालाई ताकेर हानेको गोली लागेर आँधीखोला १ का २७ बर्षीय मनोज बिकको घटनास्थलमा नै मृत्यु भएको थियो।  त्यसपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बिकसंगै वन कुखुराको शिकार गर्न गएका उनका अन्य छ जनालाई पक्राउ गरेको बताइएको छ।

घटना लगत्तै आँधीखोला १ का सूर्य भीम बहादुर सुनार, सुनिल बिक,रेवत पौडेल, धन बहादुर बिक,  फुननारायण अधिकारी र साजन कामी पक्राउ परेका थिए।  घटना पश्चात फरार रहेका फुननारायण अधिकारी र साजन कामीलाई रुपन्देहीको बुटवल बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।
पक्राउ परेका ६ जनालाई नै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

प्रतिक्रिया