चर्चित गायक राजेश पायल राईमाथि अमेरिकामा स्टेजमै कुटपिट

चर्चित गायक राजेश पायल राईमाथि अमेरिकामा स्टेजमै कुटपिट


  • जन संचार
  • आइतबार, १८ पुष २०७८
  • 5.5K
    Shares

‘राई इज किंग’ भनेर चिनिने चर्चित गायक राजेश पायल राईमाथि अमेरिकामा स्टेजमै कुटपिट भएको छ।  बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीले अंग्रेजी नयाँ वर्षको अवसरमा अमेरिकाको न्युयोर्क शहरमा आयोजना गरेको कार्यक्रममा सांगीतिक प्रस्तुति दिँदै गर्दा गायक राईमाथि स्टेजमै कुटपिट भएको हो ।

उनले कन्सर्टमा सांगीतिक प्रस्तुति दिँदै गर्दा एक व्यक्तिले स्टेजमै चढेर पछाडिबाट घाँटी अठ्याएर न्याकेको भिडियो यति बेला  सामाजिक संजालमा भाइरल बनिरहेको छ।  उनीमाथि हातपात गर्ने व्यक्तिको पहिचान खुलाइएको छैन भने उनले गायक राई माथि किन हातपात गरे भन्ने बारेमा कारण अहिलेसम्म खुलेको छैन।

अमेरिकामा आयोजना भएको यो कन्सर्ट राजेशको कोरोना सुरु भएपछिको पहिलो हो । कन्सर्टका लागि उनी चार दिन पहिले अमेरिका उडेका थिए । आठ दिनको कन्सर्टका लागि अमेरिका जान लागेको एयरपोर्टमा उनले केही सञ्चारकर्मीलाई बताएका थिए ।

राजेश चलचित्र तथा आधुनिक गीतका चर्चित गायक हुन् ।उनले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन । उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने पहिला गायकका रुपामा चिनिन्छन । पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्तानका रूपमा उनको जन्म वि.स.२०३२ असोज १४ गते खोटाङको बुइपा भनने ठाउमा भएको थियो। उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो ।

उनलाई चचिर्त बनाउन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन्। उनले २०६६ सालमा प्रसारण भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् ।

प्रतिक्रिया