झन्डै १३ ग्राम ब्राउनसुगर र अन्य तीन साथीसहित पक्राउ परेका चर्चित र्यापर आशिष राना ‘लाहुरे’बिरुद्ध प्रहरीले लागू औषध सम्बन्धी मुद्दा दर्ता गरेको छ।
हिमालय टेलिभिजनबाट प्रसारण हुने रोडिज कार्यक्रमका निर्णायक समेत रहेका चर्चित र्यापर ‘लाहुरेसहित तीन जनाविरुद्ध लागू औषध सम्बन्धी मुद्दा दर्ता गराएको कास्की प्रहरीले चारै जनाविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट आठ दिनको म्याद लिएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सुन्दर तिवारीले दिएको जानकारी अनुसार,प्रहरीले लाहुरेसहित अन्य चार जनालाई बुधवार राति कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पा रोडबाट लागु औषध ब्राउन सुगर सहित नियन्त्रमा लिएको थियो। प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका ३० वर्षीय बिक्की भन्ने नबिन कुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङ समेत बिरुद्ध लागू औषध सम्बन्धी मुद्दा दर्ता गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, लागु औषधको कारोबार भएको सुचनाको आधारमा प्रहरीले बिक्की भन्ने नबिन कुमार गुरुङलाई नियन्त्रणमा लिएर चेक गर्दा ब्राउनसुगर ०.५१ ग्राम फेला परेको थियो। त्यसपछि उनलाई सोधपुछ एवं अनुसन्धान पोखराको सभागृह नजिकै रहेको सुस्मिता गुरुङको कोठाबाट ब्राउनसुगर १२.५० ग्राम फेला पारेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले उक्त परिणामको ब्राउन सुगरसहित ब्राउन सुगर तौल गर्ने डिजटल तराजु एक थान, नगद रु.३८ हजार तीनसय ५० रुपैयाँ, मोवाईल सेट पाँच थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद गरिएको जिल्ला प्राह्री कार्यालय कास्कीले जनाएको छ।
१. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार बस्ने वर्ष ३२ को लाहुरे भन्ने आशिष राना ।
२. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २१ घर भई हाल ऐ. वडा नं. १७ छोरेपाटन बस्ने वर्ष ३९ को ध्रुब बहादुर थापा।
३. जिल्ला कास्की रुपा गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १ बगर बस्ने वर्ष ३० को बिक्की भन्ने नबिन कुमार गुरुङ ।
४. जिल्ला स्याङ्जा भिरकोट नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने वर्ष २२ की सुस्मिता गुरुङ ।