झन्डै पौने तीन किलो गाँजासहित पोखराबाट एक युवा पक्राउ

झन्डै पौने तीन किलो गाँजासहित पोखराबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ पुष २०७८
  • 4.6K
    Shares

झन्डै पौने तीन किलो गाँजासहित पोखराबाट एक युवा पक्राउ परेका छन्। स्याङ्जा वालिङ ४ घर भई पोखरा- १७ घारीपाटन बस्ने २४ वर्षीय विक्रम गुरुङ दुई किलो ७३० ग्राम गाँजासहित पक्राउ परेका हुन्।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा -३२ मझुवा स्थित पृथ्वी राजमार्ग सडक खण्डमा मंगलबार सवारी साधन चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ परेका गुरुङलाई लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार