कारागारबाट यमराज भागेपछि जेलर पक्राउ, दुई प्रहरीबिरुद्ध पनि पक्राउ पुर्जी जारी

कारागारबाट यमराज भागेपछि जेलर पक्राउ, दुई प्रहरीबिरुद्ध पनि पक्राउ पुर्जी जारी


  • जन संचार
  • सोमबार, १२ पुष २०७८
  • 4.4K
    Shares

जिल्ला कारागार घोराहीका जेलर युवराज परियार आइतबार बेलुकी पक्राउ परेका छन्। जिल्ला कारागार घोराहीका नाइके यमराज परियार भागेपछि जिल्ला अदालत दाङले घोराहीका जेलर युवराज परियार र दुई प्रहरीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

जेलर परियारलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको सामचार स्रोतको दाबी छ । पुस ६ गतेदेखि १३ गतेसम्म विदा बसेका जेलर आठ गते कार्यालय आएर परियारलाई अस्पताल जान अनुमति दिएकाले उनको मिलेमतो भएको ठहर गर्दै प्रजिअको सहमतिमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जेलर पक्राउका बिषयमा बोल्न चाहेनन् ।

अदालतले पक्राउ पुर्जी जारी गरेका जेलर परियार पक्राउ परेपनि अदालतले नै पक्राउ पुर्जी जारी गरेको भनिएका दुई प्रहरीका बारे सुरक्षा सोतले कुनै जानकारी दिएको छैन।  तर अदालतले कैदी फरार घटनामा संलग्न रहेको आरोपमा एक जना असई र प्रहरी हवल्दारबिरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएको छ।  तर उनीहरुको पहिचान भने [प्रहरीले खुलाएको छैन।

मिलेमतोको आशंकापछि कारागारका जेलरसहित तीन जनाविरूद्ध सोमबार बेलुका थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै परियारविरूद्ध कारागार प्रशासनको आग्रहमा अदालतले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

यसअघि आइतबार नै घोराहीका जेलर युवराज जिल्ला प्रशासन कार्यालय तानिएका थिए । जेलर परियारकोसमेत कारागारका नाइके यमराज परियारलाई भगाउन सहयोगी भूमिका खेलेको आशंका भएपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। जेलर परियार आफू बिदामा रहेकै बेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएका थिए।

कुनै पनि बिरामी नरहेका नाइके परियारलाई बिहीबार बिहान ११ बजेतिर छालासम्बन्धी स्वास्थ्य उपचार गराउने भनेर कारागारबाट प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै मोटरसाइकलमा राखेर लगेका थिए। त्यसपछि एउटा रेष्टुराँमा नास्ता खाने क्रममा युवतीसँगै प्रहरी जवान चौधरीलाई नाइके परियारले कोठामा बाहिरबाट चुकुल लगाई दिएर प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएका थिए।

राजपुर गाउँपालिका बेलका यमराज परियार आफ्नै गर्भवती प्रेमिका हेमा चौधरीलाई हत्या गरेको खुलेपछि कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद सजाय भोगिसकेका थिए। उनलाई जिल्ला अदालतले २० वर्ष कैद फैसला सुनाएको थियो।

 

घोराही कारागारका जेलर युवराज परियार पुष ६ गतेदेखी १३ गते सम्म बिदा बसे । १३ गतेसम्म बिदा बसेका जेलर परियार ८ गते नै अकस्मात् कार्यालयमा हाजिर भए । बिदा नसकिदै जेलर कार्यालय आएपछी अन्य कर्मचारी अचम्ममा परे । उनी कार्यालय हाजिर भएको केहीबेरमै जन्मकैदको सजाय  भुक्तान गरिरहेका कैदी यामराज परियारलाई बिरामी भएको भन्दै उपचारकालागि अस्पताल लैजान अनुमती दिए । उनलाई राप्ती उपक्षेत्रीय अस्पतालमा लैजाने निधो भयो । अस्पताल लैजाने जिम्मा पाए प्रहरी जवान धनबहादुर चौधरीले ।

प्रहरी जवान चौधरीले कैदी परियारलाई लु ३४ प ४१० नम्वरको मोटरसाइकलमा राखेर अस्पताल हिडे । हतकडी नलगाई लगिएका परियारलाई अस्पताल नलगि प्याराडाइज नामक एक रेष्ट्रोमा लगियो । त्यहाँ दुईजना थारु समुदायका युवतीहरु आएर कैदी परियारलाई पर्खिरहेका थिए ।

प्रहरी र कैदी आएपछी उनीहरुले त्यहाँ खाजा खाए । त्यसैबेला सौरभ खनाल नामक एक व्यक्ति पनि त्यहाँ आइपुगे । खनाल र कैदी परियारबीच केही कुराकानी भयो । अनि प्रहरी जवान चौधरी,कैदी परियार र दुई युवती घोराहीको वीपी चोकदेखी दक्षिणतर्फ रहेको थकाली भान्छा घर एण्ड लजमा पुगे ।

कैदी फरार प्रकरणमा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार एकजना युवती तुलसीपुरको पढ्ढाकी हुन भने अर्की युवती घोराही क्षेत्रकी हुन् । उनीहरु मध्य कैदी घोराहीकी युवतीसँग रुमभित्र छिरे भने प्रहरी जवान चौधरी पढ्ढाकी युवती लिएर अर्कोरुममा लागे । उनीहरुबीच ३०-३० हजार रुपैँया दिएर सेक्स गर्ने सहमति भएको थियो ।

प्रहरी स्रोतका अनुसार गेस्टहाउसको रुमभित्र पस्नु अघि प्रहरी जवान चौधरीबाट कैदी परियारले मोटरसाइकलको साँचो लगिसकेका थिए । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार कैदी परियार प्रहरी जवान चौधरीलाई यौनक्रिडामा भुलाएर आफू भाग्न सफल भए । प्रहरी जवान चौधरी यौनक्रिडामा रमाइरहेका बेला कोठाको चुकुल बाहिरबाट बन्द गरेर परियार भाग्न सफल भएका थिए ।
प्रहरी स्रोतका अनुसार ती दुवैजना युवतीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छ । ती दुवै युवतीले सहमतीमा आफूहरुले शारीरिक सम्बन्ध राखेको बयान दिएको प्रहरी स्रोतको भनाई छ ।

स्रोतका अनुसार ती मध्यकी एक युवतीका भाई पनि घोराही कारागारमा थिए । भाइलाई भेट्न जाने क्रममा कैदी परियारसँग उनको चिनजान भएको थियो । पछी उनीहरु प्रेममा परेका थिए ।
प्रहरी स्रोतका अनुसार कैदी परियारलाई भगाउन सहयोग गरेको आरोपमा सौरभ खनाल र भानुभक्त पाण्डेलाई समेत प्रहरीले हिरासतमा राखेको छ । यसअघी पक्राउ परेका कारागारका पियन अर्जुन चौधरीलाई भने सम्पर्कमा आउने सर्तमा रिहा गरिसकेको छ ।
प्रहरी अधिकारीहरुका अनुसार कारागारका जेलर युवराज परियारले कैदी परियारलाई आफ्नै मनोमानीले नाइके मात्रै तोकेका थिएनन् कि उनलाई लामो समयदेखी निजि मोबाईल प्रयोग गर्ने छुट समेत दिएका थिए । कारागारमा कैद भुक्तान गरिरहेका कैदीलाई निजि फोन राख्ने बन्देज छ ।

 

प्रतिक्रिया