अभिनेत्री वर्षा शिवाकोटीद्वारा ‘रजतपट’ अङ्कल प्रकाश सुवेदीविरुद्ध उजुरी दर्ता

अभिनेत्री वर्षा शिवाकोटीद्वारा ‘रजतपट’ अङ्कल प्रकाश सुवेदीविरुद्ध उजुरी दर्ता


  • जन संचार
  • शनिबार, १० पुष २०७८
  • 5.3K
    Shares

अभिनेत्री वर्षा शिवाकोटीले टेलिभिजन कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदीविरुद्ध उजुरी दर्ता गराएकी छन् ।

एपीवान टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम ‘रजतपट’ले आफ्नो व्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर प्रसारण गरेको भन्दै वर्षाले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी हुन् ।

उनले आफूले व्यक्तिगत सम्पतिबाट किनेको घर अरूले किनिदिएको भनेर ‘रजतपट’मा भ्रामक र गलत समाचार बनाइएकाे बताइन् । उक्त समाचारले आफू र आफ्नो परिवारलगायत आफन्त सबै दुःखी भएको उनले बताइन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले वर्षाले बोर्डमा उजुरी दिएको पुष्टि गरे ।

प्रतिक्रिया