बेहोश तनहुँको पवित्रा मावि बन्दीपुरका विद्यार्थी घलेको निधन

बेहोश तनहुँको पवित्रा मावि बन्दीपुरका विद्यार्थी घलेको निधन


  • जन संचार
  • बिहिबार, ८ पुष २०७८
  • 4.9K
    Shares

बेहोश भएका तनहुँको बन्दिपुरस्थित एक बिद्यालयका विद्यार्थीको निधन भएको छ।

विद्यालयमै बेहोस भएका तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयको आठ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको आज निधन भएको हो ।

मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको पवित्रा माध्यमिक विद्यालयका अध्यक्ष हेमराज लामिछानेले जानकारी दिए । विद्यालयमै बिरामी परेपछि तत्काल उनलाई मेडिकल लगिएको थियो । धादिङ घर भई भानु नगरपालिका–१३ आफन्तको घरमा बसेर पढिरहेका उनी मुटुको बिरामी थिए । आर्थिक अभावका आरन उनको मुटु सम्बन्धि समस्याको उपचार हुन् नसकेको पारिबारिक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया