भीक्षा माग्दै हिंड्ने शिवको घान्द्रुकमा हत्या, चिहानघाटमा भेटियो शव, अर्जुन पक्राउ

भीक्षा माग्दै हिंड्ने शिवको घान्द्रुकमा हत्या, चिहानघाटमा भेटियो शव, अर्जुन पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ पुष २०७८
  • 6.2K
    Shares

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा भीक्षा माग्दै हिड्ने एक व्यक्तिको हत्या भएको छ।  बाग्लुङ नगरपालिका वडा नं. ६ लहरे पिपल घर भइ हाल घान्द्रुकमा भीक्षा माग्दै हिंड्ने ५७ वर्षीय शिव परियारको हत्या भएको हो। उनको शव गत शुक्रवार कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित चिहानघाटमा फेला परेको थियो ।

घटनापछि अनुसन्धानका लागि घान्द्रुक पुगेको प्रहरी अधिकृत सहितको टोलीले हत्या गरेको अभियोगमा मृतक परियारसँगै हिँड्ने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

परियारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनीसंगै हिड्ने बाग्लुङ नगरपालिका वडा नं. ९ कुवापानी घर भएका ३६ वर्षीय अर्जुन विकलाई पक्राउ गरिएको प्रहरीको दाबी छ।

मादक पदार्थ सेवन गरेपछि भएको आपसी विवादमा बिकले परियारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी  सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार