१९ बर्षिय युवतीलाई घरमै गएर वलात्कार गरेको आरोपमा पर्वतबाट एक युवा पक्राउ

१९ बर्षिय युवतीलाई घरमै गएर वलात्कार गरेको आरोपमा पर्वतबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ पुष २०७८
  • 6.5K
    Shares

१९ बर्षिय युवतीलाई जवरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले पर्वतबाट एक युवालाई पक्राउ गरेको छ।  पक्राउ पर्ने युवा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नंं. ८ चित्रेका २२ बर्षिय जितेन्द्र नेपाली रहेका छन।

अभियुक्त नेपालीलाई गत मंगलबार राती युवतीको घरमैै पुगेर बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले बिहीवार उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पिडित युवतीले मंसिर २८ गते रातिनै प्रहरीलाई मौखिक उजुरी गरेपछि तत्काल प्रहरीले पिडित महिलाको पर्वत अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा बलत्कार गरेको पुष्टि भएको बताइएको छ ।
आरोपित युवालाई सरकारी वकिल कार्यालय पर्वत मार्फत जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार