नियमानुसार प्रक्रियामा गएका विद्यार्थीको १५ दिनभित्र पुन: नतिजा प्रकाशन गर्न परीक्षा बोर्ड र आन्दोलनरत बिद्यार्थी संगठनहरुबीच सहमति

नियमानुसार प्रक्रियामा गएका विद्यार्थीको १५ दिनभित्र पुन: नतिजा प्रकाशन गर्न परीक्षा बोर्ड र आन्दोलनरत बिद्यार्थी संगठनहरुबीच सहमति


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ मंसिर २०७८
  • 4.1K
    Shares

अन्तत: नियमानुसारको शुल्क तिरेर प्रक्रियामा आएका कक्षा १२ को कानून संकायका बिद्यार्थीहरुको उत्तरपुस्तिका पुन: परीक्षण गरेर १५ दिनभित्र परिक्षाफ़ल प्रकाशन गर्ने निर्णय भएको छ।
संयुक्त विद्यार्थी संगठन, कास्कीका बिद्यार्थी प्रतिनिधि, सम्बन्धित बिद्यालयका प्रतिनिधि र राष्ट्रिय परिक्षा बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रतिनिधिबीच गएराती भएको वार्तामा त्यस्तो सहमति भएको हो। गएको मंसीर १७ गते प्रकाशित भएको कक्षा १२ को कानून संकायका बिद्यार्थीहरुले आफ्नो नतिजाप्रति असन्तुष्टि जनाउदै नि:शुल्क उत्तरपुस्तिका परिक्षणको माघ राखेर आन्दोलन गर्दै आएका थिए। तर गएराती भएको सहमति बमोजिम पुन: उत्तरपुस्तिका परिक्षणका लागि सम्बन्धित विद्यार्थीले नियमानुसार लाग्ने शुल्क बुझाई प्रक्रियामा आएपछि परिक्षा बोर्डले फास्ट ट्रयाक माध्यमबाट फेरी उत्तर पुस्तिका परीक्षण गरी १५ दिनभित्र नयाँ नतिजा प्रकाशन गर्ने सहमति भएको छ।
सोही वार्ताले आन्दोलनको क्रममा घाइते भएक बिद्यार्थी र प्रहरीहरुको शिघ्र स्वास्थ लाभको कामना पनि गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार