चितवनको भरतपुर महानगरपालिका १६ मा गैंडा मृत फेला परेको छ । सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा करिब १६ वर्षको भाले गैंडा मृत भेटिएको हो ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार, गैंडाको खाग र खुरसहित सबै अंगहरु सुरक्षित छ । मृत गैंडाको शरिरमा कुनै चोट पनि देखिएको छैन । गैंडाको सिंग र खुरहरु डिभिजन वनको झनझने पोष्टमा सुरक्षित राखिएको छ ।
विहान ८ बजे फेला परेको गैंडा भएको क्षेत्रमा डिभिजन वन, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का प्राविधिक टोली खटिएका छन् । ‘प्राविधिकको टोली’ले पोष्टमार्टम गरेपछि मात्र गैंडा मर्नुको कारण खुल्ने सूचना अधिकारी खनालले जानकारी दिए।
तस्विरः दिपक पोखरेल