दाङमा जिप दुर्घटना : तीन जनाको निधन, १४ जना घाइते

दाङमा जिप दुर्घटना : तीन जनाको निधन, १४ जना घाइते


  • जन संचार
  • आइतबार, २६ मंसिर २०७८
  • 2.1K
    Shares

दाङमा आइतबार भएको जिप दुर्घटना हुँदा ३ जनाको निधन भएको छ भने १४ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडक खण्डको तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा दुर्घटनाग्रस्त भएको थियो ।

प्रहरीका अनुसार सो दुर्घटनामा परेर सल्यानको कपुरकोट गाउँपालिका–३ का प्रेम प्रकाश शर्मा, लालमति खडका र कपुरकोट गाउँपालिका–४ का साउनी घर्तीको निधन भएको छ। दुर्घटनामा परी १४ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेकोले उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको बताइएको छ । बाँकी घाइते सात जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको पनि जनाइएको छ।
१२ सिटको जिपमा १८ जना सवार रहेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया