कक्षा १२ पास भइन् अभिनेत्री करिश्मा मानन्धर, सांसद शान्ता चौधरीले भेटिनन् आफ्नो सिम्बोल नम्बर

कक्षा १२ पास भइन् अभिनेत्री करिश्मा मानन्धर, सांसद शान्ता चौधरीले भेटिनन् आफ्नो सिम्बोल नम्बर


  • जन संचार
  • शुक्रबार, १७ मंसिर २०७८
  • 4.7K
    Shares

राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ कोे परीक्षाको नतिजा आज प्रकाशित गरेको छ । गत भदौ ३० देखि असोज ८ गतेसम्म तलेको कक्षा १२ को परीक्षामा करीब ३ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।

यसैबीच प्राप्त जानकारी अनुसार, अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छिन् । मानन्धरले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेकी हुन् ।

यता नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् । गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् । उनले समाजशास्त्र विषय लिएर अध्ययन गरेकी थिइन् ।

प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलकी सचेतक समेत रहेकी पूर्वकमलरी चौधरीले १८ वर्ष कमलहरी बस्दा पढ्न पाएकी थिइनन् । उनले २०७६ सालमा एसईई परीक्षा पास गरेकी थिइन् ।

प्रतिक्रिया