मुस्ताङमा हिमपात : चिसोले जनजीवन प्रभावित , किसान भने हर्षित

मुस्ताङमा हिमपात : चिसोले जनजीवन प्रभावित , किसान भने हर्षित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ मंसिर २०७८
  • 2.5K
    Shares

रातिदेखि मुस्ताङमा हिमपात भएको छ। म्याग्दीका उच्च लेकाली क्षेत्रमा समेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन्। मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको हो भने म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीय मनबहादुर विकले जानकारी दिए।

मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा आज बिहानैदेखि पानी परेको छ। बर्षा र हिमपात तथा हुस्सु र कुहिरोका कारण जोमसोम–पोखरा हवाई उडान पनि प्रभावित बनेको छ।

मौसम प्रतिकूल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार मुस्ताङमा यो सिजनमा दोस्रोपटक हिमपात भएपछि मुस्ताङको जनजीवन समेत प्रभावित बनेको छ।

हिमपात र वर्षाका कारण मुस्ताङको तापक्रम माइनस तर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका उच्च लेकाली क्षेत्रमा हिमपात भएपछि तल्लो म्याग्दीमा जाडो बढेको छ।

हिउँदे वर्षा गहुँबालीका लागि निकै उपयुक्त हुने स्थानीय बताएका छन्। गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलदेखि स्याउका नयाँ विरुवालाई राहत गरेको छ। हिउँदे फलफूलका बिरुवा रोप्ने समय आएको छ। गहुँ छरिसकेका किसान पनि हिउँदे वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन्।​

प्रतिक्रिया
सम्बन्धित समाचार