पोखराबाट बागलुङ जाँदै गरेको बस कास्कीको नौडांडानजिक पाउदुरमा दुर्घटना हुँदा बसका चालकको निधन भएको छ भने आठ जना यात्री घाइते भएका छन्।
बागलुङ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको बस बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। बस सडकभन्दा तल अन्दाजी ३० मिटर तल पुगेको छ । सो दुर्घटनामा परेर बसका चालक पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनालको निधन भएको बताइएको छ।
दुर्घटनामा परेर घाइते भएका आठ जनाको पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।