ट्रकको ठक्करबाट कैलालीमा एक महिलाको निधन : पूर्वपश्चिम राजमार्ग अवरुद्ध

ट्रकको ठक्करबाट कैलालीमा एक महिलाको निधन : पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ मंसिर २०७८
  • 6.3K
    Shares

कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको निधन भएपछी १२ बजेदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै खुलेको छैन। कैलालीको लम्की बजारमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको घटनास्थलमा नै निधन भएपछी  पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार, स्थानीयले दोषी ट्रक चालकमाथि कडा कानूनी कारबाहीको माग गर्दै राजमार्गमा प्रदर्शन गरिरहेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ। लम्की बजार पनि बन्द गरिएको छ। यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्।

कैलालीमा १२ बजेदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै खुलेको छैन। स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेपछि भिड नियन्त्रण गर्न प्रहरीले आधा दर्जन बढी सेल अश्रुग्यास प्रहार गरेको छ। तर आन्दोलित स्थानीयले लम्की बजार पनि बन्द गराएका छन्। उनीहरुले ठक्कर दिने ना२ख ९३७० नम्बरको ट्रकमा आगजनी गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार